الرئيسية تعرف على الإسلام حكم الرقى والتمائم والتولة (نيبالي)
जन्त्र मन्त्र तन्त्र यन्त्रको हुकुम

حكم الرقى والتمائم والتولة (نيبالي)

Read Article
عرض معلومات المادة باللغة الأصلية

حكم الرقى والتمائم والتولة (نيبالي)

اللغة: نيبالي
إعداد: अतीकुर्रहमान मो. इदरीस खान मक्की
نبذة مختصرة:
مقالة باللغة النيبالية تحتوي على بيان حكم تعليق التمائم والتولة، والرقى المشروعة والغير مشروعة، في ضوء الكتاب والسنة.

الوصف المفصل

    जन्त्र मन्त्र यन्त्र तन्त्रको हुकुम

    [ नेपाली - Nepali -نيبالي ]

    लेखकः

    अतीकुर्रहमान मो.इदरीस खान मक्की

    2013 - 1434

    حكم الرقى والتمائم والتولة

    « باللغة النيبالية »

    تأليف:

    عتيق الرحمن محمد إدريس خان مكي

    2013 - 1434


    सर्वाधिकार लेखकमा सुरक्षित छ ।

    بسم الله الرحمن الرحيم

    الحمد لله و الصلاة و السلام على نبينا محمد و على آله و صحبه أجمعين

    सम्पूर्ण प्रशंसा अल्लाहीको लागी हो। र दरूद र सलाम उनका दूत्त महुम्मद् र उनका परिवार र साथीहरुमाथि होस्।

    बिस्मिल्लाहिर्रहमानिर्रहीम

    समस्त प्रशंसा त्यस अल्लाहका लागि छ जुन सम्पूर्ण जगतको स्वामी हो, र शान्ति होस् अल्लाहको अन्तिम संदेष्टा मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम माथि र उहाँको घरवालाहरू र संपूर्ण साथीहरू माथि र उहाँको पद्धतिको अनुशरण गर्नेवालाहरू माथि ।

    प्रिय पाठकहरू ! हाम्रा समाजमा जन्त्र मन्त्र तन्त्र अदि विभिन्न प्रकारका छन्, र बेगला बेगलै तरिकाले त्यसलाई कार्यन्वयन गरिन्छ, त्यस मध्ये अधिकतम इस्लामीय विधि विरुद्ध छन् । आउनुस् पहिला हामी बुझौ कि जन्त्र मन्त्र तन्त्र यन्त्र कसलाई भन्छन् ।

    जन्त्र, मन्त्रः कुनै श्लोक मन्त्र अदि पढेर फूँकनुलाई जन्त्र र मन्त्र भिनन्छ ।

    यन्त्र, तन्त्रः तअवीज, घुँघा, धर्को र अरु यस जस्ता कुनै वस्तु पनि घाँटी अथवा घर गाडीमा लटकाउनु अथवा हातमा बाँधनुलाई तन्त्र र यन्त्र भनिन्छ ।

    तेवलाः एउटा यस्तो मन्त्र जसद्वारा लोग्ने स्वास्नी बीच प्रेमभाव उत्पन्न गराईन्छ ।

    यन्त्र तन्त्र अदि सबै इसलामीय दृष्टिकोणले हराम (वर्जित) छन्, कुनै प्रकारका पनि हुन । तैपनि यदि तअवीज कुरअनका आयतहरूबाट बनाइएको छ भने केही विद्वानहरूले त्यसलाई जायज (ग्राह्य) भनेका छन् तर यो शर्तको साथ कि कुरअनको सम्मान एवं प्रतिष्ठाको रक्षा गरियोस् । तर यस्तो गर्नु असम्भव छ किनकी मान्छे दिनभरीमा कैयों पटक अपवित्र हुन्छ र त्यसै अपवित्रताको अवस्थामा कुरअनका अयतहरूलाई घाँटीमा झुन्डियाएको हुन्छ यो कार्य कुरअनको प्रतिष्ठा विरुद्ध छ र मान्छेलाई पाप लाग्छ । यसै कारण सबै विद्वानहरूले सर्वसहमतिको साथ यसलाई हराम भनेका छन् । उप्रोक्त वस्तुहरूको हराम हुनुको केही प्रमाणहरूः

    अल्लाहको फर्मान छः

    अर्थः हे नबी भन्नुस् ! यदि अल्लाहले मलाई कुनै कष्ट पुर्याउन चाहन्छ भने के अल्लाह बाहेक जसलाई तिमीहरू गुहार्छौ त्यस कष्टलाई हटाउन सक्छन् ? वा अल्लाह ममाथि कृपा गर्न चाहन्छ भने के उनीहरू अल्लाहको कृपालाई रोक्न सक्छन् ? भनिदिनुस् मलाई अल्लाह नै पर्याप्त छ । ( सूरः अज्जोमर - ३८ )

    र रसूल सल्लल्लाहो अलैहे वसल्लमले भन्नु भयोः

    अर्थः जसले यन्त्र लटकायो अल्लाह त्यसको मनोकामना पूर्ण नगरुन् । (मुस्नदअहमद) र आर्को हदीसमा छ

    अर्थः जसले यन्त्र लटकायो त्यसले शिर्क गर्यो । र यस्तै आर्को हदीसमा छ

    अर्थः यन्त्र मन्त्र तन्त्र र तेवला शिर्क हुन् । ( बुखारी )

    शिर्कः अल्लाहको साथ कसैलाई साझीदार ठान्ने धारणालाई शिर्क भनिन्छ ।

    प्रिय पाठकहरू ! तपाईलाई यो ज्ञात भयो कि इस्लामीय विधि अनुसार हात, घाँटी, घर अथवा गाडीमा कुनै पनि वस्तु लटकाउनु वा झुन्डियाउनु शिर्क हो, र शिर्कको बारेमा अल्लाहको फर्मान छः

    अर्थः निःसंदेह अल्लाह शिर्कलाई (बहुदववादलाई) क्षमा गर्ने छैनन्, र त्यस बाहेक जुनसुकै पापलाई पनि माफ गरिदिन्छन् । (सूरः अन्निसा -४८ )

    आर्को ठाउँमा अल्लाहको फर्मान छः

    अर्थः शिर्क सबै भन्दा जघन्य अपराध हो । ( सूरः लुकमान -१३)

    प्रिय पाठकहरू ! हाम्रो समाजमा अनेकौ प्रकारका शिर्कीय गतिविधि भईरहेका छन्, तपाई त्यसबाटा टाढा रहनु यो तपाईको परम् कर्त्व्य हो । हामीलाई चाहियो कि यी सबै पाखण्डबाट टाढा रहौं र अल्लाहको कृपा एवं दयाको अशा राखौं, त्यही विरामी दिन्छ र संचो पनि गर्छ । उप्रोक्त वस्तुहरूमा कष्ट हटाउने कुनै शक्ति छैन । यदि कोही कष्ट हटायन सक्छ भने त्यो परम् शक्तिमान अल्लाह नै हो, तसर्थ उसैसित विन्ती गरौं हाम्रा रोगहरूका सम्पूर्ण औसधि उसै पालनकर्तासंग छ ।

    मन्त्र अर्थात झारफूँक झारफूँक दुई प्रकारका छन् ।

    १- अवैध हराम झारफूँक, अर्थात टोना टोट्का जादू आदि कुरआन बाहेकका कुनै पनि मन्त्रद्वारा झारफूँक गर्नु अवैध छ ।

    २- हलाल वैध झारफूँक, त्यो सप्पै झारफूँक वैध छन् जुन कुरआनबाट होस्, अर्थात कुरआनका श्लोक ( अयत ) हरू पढेर झारफूँक गरियोस् । उदाहरण स्वरूप सूरः फातिहा, सूरः इख्लास, सूरः फलक, सूरः अन्नास, सूरः अल् फलकलाई पढेर थुक मिसाई वा बिना थुक विरामी माथि फूँकनु, वा पीडा भएको अंगमा फूँकनु अदि ।

    झरफूँकका लागि थुप्रै आयात र हदीसहरू छन् त्यस मध्ये क्षमता र ज्ञान अनुसार पढेर झारफूँक गर्न सकिन्छ ।

    प्रिय पाठकहरू ! मलाई आशा छ कि यो सानो निबन्ध पढे पश्चात तपाईहरू अवैध क्रियाकलापलाई छाडि वैध झारफूँकद्वारा लाभ प्राप्त गर्नु हुनेछ। मेरो अल्लाहसित यो प्रार्थना छ कि अल्लाह हामीलाई हिष्टपुष्ट राखुन् र हाम्रा विरामीहरूलाई स्वस्थ पारुन्, र हामीलाई शिर्कबाट टाढा रहने शक्ति प्रदान गरुन्, र हामीलाई संसारमा इस्लाम माथि जीवित राखुन्, र हाम्रो अन्त ईमानमाथि गराउन् । ( अमीन )

    हे पालनकर्ता ! हामीलाई सत्कर्म गर्ने शक्ति प्रदान गर, र इस्लाम एवं ईमानमथि सुदृढ रहने शक्ति एवं भक्ति प्रदान गर । (आमीन)

    प्रार्थीः

    अतीकुर्रहमान मो. इदरीस खान मक्की

    कपिलवस्तु नगरपनलिका महुवा वार्ड न.९ तौलिहवा कपिलवस्तु नेपाल

    मो.००९७७ ९७२७६४९२३८